बाहिनीस्तरीय नेपाल-भारत सीमा समन्वयात्मक बैठक सम्पन्न  « Khabarhub

बाहिनीस्तरीय नेपाल-भारत सीमा समन्वयात्मक बैठक सम्पन्न 


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल नं.विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हे.क्वा. लखिमपुर खिरी तथा सेक्टर हे.क्वा. गोरखपुर बीच हिजो बाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । 

नं.विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री र भारतीय सीमा सुरक्षा बल ( एसएसबी) सेक्टर हे.क्वा. लखिमपुर खिरीका डीआईजी जे डि वशिष्ठ तथा सेक्टर हे.क्वा. गोरखपुरका डीआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो ।

बैठकमा सीमा सुरक्षा, भन्सार छली अवैध रुपमा हुने सामान ओसार पसारमा नियन्त्रण, सीमा स्तम्भ मर्मत सम्भार, मानव बेचविखन तथा अपहरण, हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो ।

कार्यक्रममा नं.विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लगायत लुम्बिनी प्रदेश अन्तर्गत भारतसँग सीमा जोडिएका जिल्लाहरूका गणका गणपतिहरू र भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्टहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : १३ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६