आयात घट्दा बङ्गलादेशको व्यापार घाटा नियन्त्रणमा | Khabarhub Khabarhub

आयात घट्दा बङ्गलादेशको व्यापार घाटा नियन्त्रणमा


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

ढाका– चालु आर्थिक वर्ष २०२३–२४ (जुलाई २०२३ देखि जुन २०२४) को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ । 

बङ्गलादेश बैंक (बिबी) को तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बङ्गलादेशको आयात भुक्तानी २३ दशमलव ७७ प्रतिशतले घटेर १४ अर्ब ७४ करोड ९० लाख डलर भएको छ । यो अवधिमा निर्यात नौ दशमलव ८५ प्रतिशतले बढेर १२ अर्ब ९३ करोड १० लाख डलर पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको निर्यात र आयात भुक्तानीबीचको अन्तर सात अर्ब ५८ करोड डलर भएको अनुमान गरिएको थियो । विदेशमा बसोबास तथा काम गर्ने करिब एक करोड बङ्गलादेशीले पठाएको विप्रेषणले व्यापार घाटाको असरलाई कम गर्न सहयोग गरेको र भुक्तानीको समग्र सन्तुलन बचतमा रहेको बैंकका अधिकारीहरूले बताएका छन् ।  

समीक्षा अवधिमा विदेशमा बसोबास तथा काम गर्ने बङ्गलादेशीले चार अर्ब ९१ करोड डलर विप्रेषण पठाएको बैंकको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष बङ्गलादेशको व्यापार घाटा ४८ दशमलव ४१ प्रतिशतले घटेर १७ अर्ब १६ करोड डलर भएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : १७ बजे

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन