‘टुवेल्फ्थ फेल’को कमाई २४.१६ करोडबढी | Khabarhub Khabarhub

‘टुवेल्फ्थ फेल’को कमाई २४.१६ करोडबढी


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २००० मा रिलिज भएको ‘मिसन कश्मीर’ सबैभन्दा धेरै चर्चा बटुलेको भारतीय फिल्ममध्येको एक थियो । सोही वर्ष ऋतिक रोशनलाई रातारात स्टार बनाएको फिल्म ‘कहो ना प्यार है’ पनि सार्वजनिक भएको थियो । हुन त त्यो फिल्मले औसत व्यापार गर्दै २३ करोड भारु कमायो ।

सन् २०२३ मा निर्देशक विधुविनोद चोपडा नयाँ फिल्म ‘टुवेल्फ्थ फेल’ लिएर फर्किएका छन् । विक्रान्त मेस्सी स्टारर यो फिल्मले कमाइको मामिलामा ‘मिसन कश्मीर’लाई समेत उछिनेको छ । यो फिल्मले भारतमा २५.६१ करोड भारु नेट कमाइसकेको छ ।

मंगलबारसम्म फिल्मले २४.१६ करोड भारु कमाएको थियो । बुधबार पनि फिल्मले थप १.४५ करोड भारु कमायो । यदि अहिलेको स्थितिमा हुन्थ्यो भने ‘मिसन कश्मीर’को कमाइ १०० करोड भारुभन्दा धेरै हुन्थ्यो भने यसको कुल कमाइ डेढ सय करोड हुन्थ्यो । यो हिसाबमा ‘टुवेल्फ्थ फेल’लाई विधुविनोद चोपडाको अहिलेसम्म धेरै कमाइ गर्ने सफल फिल्म मान्न सकिन्छ । यो फिल्मले सजिलैसँग भारतीय बक्स अफिसमा ३५ करोड भारुको कमाइ गर्ने देखिएको छ ।

यो फिल्मको सफलतासँगै निर्देशक चोपडा ७० वर्षको उमेरमा पनि हिट फिल्म बनाउने मेकरको रुपमा दरिएका छन् । यसअघि यश चोपडाले ८० वर्षको उमेरमा ‘जब तक है जान’ र ७२ वर्षको उमेरमा ‘वीरजारा’ बनाएका थिए । ‘टुभेल्थ फेल’ फिल्मको सफलताले के पुष्टि गर्छ भने अहिले पनि दर्शक असाधारण कथावस्तुप्रति आकर्षित हुन्छन् ।

 यो फिल्मले भारतको लोकसेवाको प्रवेश परीक्षामा एक विद्यार्थीले उत्तीर्ण गर्न गर्ने संघर्षको कथा पेश गर्छ । यो फिल्मले असफलतामा हार नमान्न र हिम्मतलाई निरन्तरता दिन सन्देश दिन्छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  २ : ५६ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।