नागरिकका घरआँगनमा नगरपालिकाको सेवा | Khabarhub Khabarhub

नागरिकका घरआँगनमा नगरपालिकाको सेवा


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नागरिकको घरमै सेवा उपलब्ध गराउने योजना तयार पारेको छ । यसका लागि नगरले एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन स्वास्थ्य, कृषि तथा पशु सेवा, अपाङ्गतालगायत लक्षित वर्ग सम्बन्धमा नगर कार्यालयद्वारा प्रदान गरिने सेवासहित सबै वडामा मङ्सिर मसान्तसम्म एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने जनाइएको छ । 

नगर प्रमुख कुनसाङ लामाले आर्थिक वर्ष २०८०-०८१ को लागि दोस्रो नगरसभाको तेश्रो अधिवेशनबाट स्वीकृत भएको वार्षिक विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता गर्ने तयारी गरिएको बताए ।

यस्तै नगरले सुशासन र पारदर्शितामा जोड दिँदै आउँदो मङ्सिर ७ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय गरेको छ । आव २०७९-८० मा र चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा सम्पादन गरिएका कार्यहरूबारे सार्वजनिक सुनुवाइ हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : ११ बजे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी