२०८० साल कात्तिक २६ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

२०८० साल कात्तिक २६ गते आइतबारको राशिफल


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०८० साल कात्तिक २६ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। सचेत भएर काम गर्नुहोला। सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्।

वृष : व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गा जमिनको कारोबार गर्नुभयो भने ठूलो धन आर्जन हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

कर्कट : दिन सामान्य राम्रो छ। माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

सिंह : शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।

कन्या : दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।

तुला : अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक : आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।

धनु : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ।

मकर : दिन सामान्य छ। बोलीले साथीभाइ टाढा हुनेछन्। सोचेर बोल्नुहोला। व्यापारिमा फइदा हुने। पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ।

कुम्भ : आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

मीन : अवसर धेरै भएकाले सदुपयोग गर्नुहोला। बन्धुहरुको सहयोग लिन नभुल्नुहोला। भूमी कारोबारले ठूलो फाइदा दिनेछ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : १४ बजे

‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालका विभिन्न

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस

काठमाडौं- नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध

संघीय अस्पतालमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने मन्त्रालयको तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार

रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध

काठमाडौं– भारत र अष्ट्रेलियाले रक्षा सहकार्यलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

एजेनसी– इजरायलले सोमबार गाजाका लागि सहायता लिएर आएको डुङ्गालाई अवरुद्ध