कोसी प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना | Khabarhub Khabarhub

कोसी प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

विभागका अनुसार आज दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

आज राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : २० बजे

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।