आजको मौसम : देशभर आंशिक बदली रहने | Khabarhub Khabarhub

आजको मौसम : देशभर आंशिक बदली रहने


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ । शनिबार राति देशभर बदली रहि केही स्थानमा मध्ययम वर्षा हुने संभावना रहेको जनाइएको छ ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ । आइतबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण यस्तो छ :

साउन ११ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ |

साउन १२ गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ |

साउन १३ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ |

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ४७ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको