कोरियाली राजदूत लुम्बिनीमा « Khabarhub

कोरियाली राजदूत लुम्बिनीमा


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताई योङ पार्क लुम्बिनी पुगेका छन् । राजदूत पार्कले लुम्बिनी पुगेर कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लान्ट, निर्माणाधीन हुण्डाई एसेम्बल प्लान्ट, बेलहिया सीमा नाका र बुद्धजन्मस्थलको पनि अवलोकन गरेका छन् ।

दुई दिने भ्रमणमा रूपन्देही पुगेका उनले नवलपरासीको रामग्राम नगरपालिकास्थित गोल्छा अर्गनाइजेशनअन्तर्गत कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लान्टको अवलोकन गरेका हुन् ।

उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लान्टकोसमेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकनपश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी सिर्जना गर्न सकेकोमा खुशी व्यक्त गरे ।

कोरियाकै ठूलो व्यापारिक प्रतिष्ठानमध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लान्टका कारण यस क्षेत्रमा राजगारीको अवसर सिर्जना भई सरकार र सरकारबीच एवम् व्यवसायिक प्रतिष्ठानबीच पनि सम्बन्ध विस्तार भएको गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर थापाले बताए ।

यससँगै राजदूत पार्कले सोही प्राङ्गणमै रहेको बजाज मोटरसाइकलको एसेम्बल प्लान्ट र २ मेगावाटको सौर्य ऊर्जाको पनि अवलोकन गरेका थिए । सोपश्चात प्लान्ट परिसरमा राजदूत पार्कले वृक्षारोपण समेत गरे ।

राजदूत पार्कले नवलपरासीमै निर्माणाधीन अवस्थामा रहेको लक्ष्मी मोटर कर्पोरेशन प्रा.लीअन्तर्गतको हुण्डाई कार एसेम्बल कारखानाको पनि अवलोकन गरेका थिए । लक्ष्मी मोटर कर्पोरेशनका कार्यकारी निर्देशक निराकर श्रेष्ठले राजदूत पार्कलाई सोबारे गराएका थिए ।

अवलोकनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, पार्ककी श्रीमती, नेपालका लागि गणतन्त्र कोरिया दूतावासका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : ५० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका