कुबेतले नेपाललाई दियो १४२ रनको चुनौती | Khabarhub Khabarhub

कुबेतले नेपाललाई दियो १४२ रनको चुनौती


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाललाई कुवेतले जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनायो।

कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए । नेपालले अहिले जवाफी व्याटिङ थालेको छ।

हाल अंकतालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपालभन्दा वरीयतामा तल रहेको टिम हो । ८ वर्षपछि टी–२० क्रिकेटमा खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहनेछ । त्यसैले पनि उसले नेपालविरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।

यता नेपालका लागि अब सबै खेल गर या मरको अवस्थामा छन् । शनिबार कुवेतविरुद्ध हारेमा नेपालको विश्वकप खेल्ने सपना अधुरो रहनेछ ।

नेपाल र कुवेत अन्तिम पटक टी–२० मा २०११ को एसीसी टी-२० कपमा खेलेका थिए । जसमा नेपालले एक रनले जित निकालेको थियो । त्यसअघि नेपाल र कुवेत २००९ मा यही प्रतियोगितामा खेल्दा बराबरी भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ५७ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न