विश्वकप क्रिकेट : भारतद्वारा नेदरल्याण्ड्ससामु ४ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत « Khabarhub

विश्वकप क्रिकेट : भारतद्वारा नेदरल्याण्ड्ससामु ४ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा आयोजक भारतले नेदरल्याण्ड्सलाई ४ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनायो ।

भारतका लागि केएल राहुल र श्रेयस ऐयरले शतक प्रहार गरे । ९४ बल खेलेका ऐयरले १० चौका र ५ छक्काको मद्दतमा १ सय २८ बनाउँदै नटआउट रहे ।

त्यसैगरी, राहुलले ६४ बलमा १ सय २ रन जोडे । त्यसैगरी, भारतका लागि कप्तान रोहित शर्माले ६१, शुभमन गिल र विराट कोहलीले समान ५१ रन जोडे भने सूर्यकुमार यादवले २ रन बनाए ।

नेदरल्याण्ड्सका लागि बज डे लिडले २ तथा रोलेफ भान डेर मेर्वे र पउल भान मिकरिनले समान एक विकेट लिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : २९ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति