रश्मिकाको 'डीपफेक’ भिडियो प्रकरण : दिल्ली प्रहरीद्वारा एफआईआर दर्ता | Khabarhub Khabarhub

रश्मिकाको ‘डीपफेक’ भिडियो प्रकरण : दिल्ली प्रहरीद्वारा एफआईआर दर्ता


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको संघीय राजधानी दिल्लीको प्रहरीले अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो प्रकरणमा एफआईआर दर्ता गरेको छ । दिल्ली प्रहरीको विशेष सेलले घटनाको अनुसन्धान गरिरहेको छ ।

गत नोभेम्बर ६ मा सामाजिक सञ्जालमामा भाइरल भएको एक भिडियोमा रश्मिकाकै अनुहार भएकी महिला देखा पर्छिन् । यद्यपि उनी रश्मिका भने होइनन् । उनी जारा पटेल नामकी युवती हुन् । उनको अनुहार रश्मिकाको अनुहारमा परिवर्तन गरिएको थियो । यसबारे रश्मिकाले सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोगको कारण उत्पन्न हुने जोखिमबारे पनि चिन्ता व्यक्त गरेकी थिइन् ।

उनीले लेखेकी छिन्, ‘त्यस्ता कुराहरू मेरो लागि मात्र होइन, प्रविधिको दुरुपयोगका कारण असुरक्षित भएकाहरूका लागि पनि खतरनाक हुन्छन् । आज, एक महिला र एक अभिनेताको रूपमा, मलाई समर्थन गर्ने मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूप्रति आभारी छु। तर यदि म स्कूल वा कलेजमा छँदा मलाई यो भएको भए, म वास्तवमै यसको सामना कसरी गर्ने थिएँ भनेर म भन्न सक्दिनँ। धेरै मानिसहरू प्रभावित हुनु अघि हामीले समुदायको रूपमा यसलाई छिटो सम्बोधन गर्न आवश्यक छ ।’

यो भिडियोमा देखिएका वास्तविक युवती जारा पटेलले पनि नोभेम्बर ७ मा प्रतिक्रिया दिएकी थिइन् । जाराले यस डिपफेक भिडियो विवादमा आफ्नो कुनै संलग्नता नरहेको बताइन् । यो घटनाबाट उनी निकै विचलित भएकी छिन् ।

जाराले भनिन्, ‘यदि यस्तै रहिरह्यो भने भविष्यमा केटी र महिलाले सामाजिक सञ्जालमा आफ्नो तस्बिर र भिडियो सेयर गर्न बन्द गर्नेछन् ।

दिल्ली महिला आयोगले डीपफेक भिडियोबारे प्रहरीलाई सूचना जारी गरेको थियो । आयोगकी अध्यक्ष स्वाती मालिवालले यस्ता नक्कली भिडियो बनाउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।

सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले यस मामिलामा सोसल मिडियालाई चेतावनी दिएका छन् । उनले डीपफेक प्रकरणमा सबै सोसल मिडियालाई नोटिस जारी गरी नियम पालना गर्न भनिएको जानकारी दिएका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : २३ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का