मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति « Khabarhub

मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की –राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

उक्त राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो ।

मध्यपहाडी राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवादका कारण लामो समयदेखि काम सुरु हुन सकेको छैन । पछिल्लो समय पोखराको बाटुलेचौर, अर्मला मौजा हुँदै मादी गाउँपालिका जोड्ने गरी भएको रेखाङ्कनपछि निर्माणको बोलपत्र आह्वान भएको थियो । लामाचौर र बाटुलेचौरका स्थानीयको आन्दोलनका कारण त्यसयता काम अघि बढ्न सकेको छैन ।

विवादित क्षेत्रका स्थानीयले शैक्षिक, धार्मिक, सामाजिक तथा पर्यटकीय महत्वका स्थानको अस्तित्व मेटिने गरी लोकमार्ग बन्न लागेकामा विरोध गर्दै आन्दोलन गरिरहेका छन् । लोकमार्गको पछिल्लो रेखाङ्कन वातावरणीय प्रभाव मूल्याङ्कनका हिसाबले उपयुक्त नभएको स्थानीयको दाबी छ ।

समस्या समाधान गर्न गठित समितिको सल्लाहकारमा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई रहेकी छन्, भने समितिका अन्य सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा महानगरपालिका–१६ र १९ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना र पुष्पेन्द्र पाण्डे, पूर्वअध्यक्ष जीवनप्रसाद आचार्य र शोभामोहन पौडेल, सङ्घर्ष समितिका तर्फबाट गोविन्द बस्नेत, सन्दीप थापा र खेमलाल अधिकारी छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : १७ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान