चलचित्र विकास बोर्डले गोवा फिल्म फेस्टिभलमा नेपालको स्टल राख्ने | Khabarhub Khabarhub

चलचित्र विकास बोर्डले गोवा फिल्म फेस्टिभलमा नेपालको स्टल राख्ने


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डले भारतको प्रतिष्ठित गोवा फिल्म फेस्टिभलमा नेपालको पनि स्टल राख्ने भएको छ । यसबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेटका लागि सहमति मागेको छ ।

बोर्डका अध्यक्ष भुवन केसी शुक्रबार अर्थ मन्त्रालयमा पुगेर गोवा फेस्टिभल अन्तर्गतको फिल्म बजारमा स्टल राख्नेबारे छलफल गरेका थिए । बोर्डका प्रवक्ता केएल बुढाथोकीले गोवा फिल्म फेस्टिभलमा स्टल राख्नेबारे बजेटसहितको माग गरिएको बताए । यसका लागि ६–७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।

नेपालले अहिलेसम्म आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्टल राखेको छैन । ‘गोवामा स्टल राख्ने निर्णय भएको छ । अब मन्त्रीले सदर गर्न मात्र बाँकी छ,’ प्रवक्ता बुढाथोकीले भने । भारतको एनएफडीसीले नेपाललाई यसबारे लिखित रुपमै पत्राचार गरेपछि यसबारे निर्णय गरेको उनले बताए ।

उक्त स्टलबाट फिल्म निर्माण र बजारीकरणको अनुभव आदानप्रदान हुने, नेपाली फिल्म ‘पिचिङ’ गर्न सक्ने, नेपाललाई अन्तर्राष्ट्रिय फिल्म लोकेसनको रुपमा प्रवद्र्धन गर्न सकिने र संयुक्त लगानीको सम्भावना खोज्न सजिलो हुने अपेक्षा गरिएको छ । ‘अर्को वर्षदेखि हामी ठूला अन्तर्राष्ट्रिय बजारमा नेपालको स्टल राख्ने योजनासहित अघि बढ्छौं,’ प्रवक्ता बुढाथोकीले भने ।

नेपालले ठूला फिल्म फेस्टिभलमा बजारीकरणको मौका गुमाएको भन्दै फिल्मवृत्तबाट पटक–पटक आलोचना हुने गरेको छ । कोरियाको बुसान फिल्म फेस्टिभलको सदस्य भए पनि नेपालले त्यसबाट लाभ लिन चुकेको टिप्पणी पनि हुने गरेको छ । भेनिस, टोरन्टो, कान्सजस्ता ठूला फेस्टिभलमा बोर्डको उपस्थिति शून्यप्रायः छ ।

गोवा फिल्म फेस्टिभल नोभेम्बर २० देखि २८ सम्म आयोजना हुँदैछ ।

स्रोत- एएनआई

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ३२ बजे

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष

विपक्षी विचारलाई आतङ्कित पार्ने भन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको

लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता,

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको