लक्ष्मीपूजाका दिन गत वर्षभन्दा बढी विद्युत् माग | Khabarhub Khabarhub

लक्ष्मीपूजाका दिन गत वर्षभन्दा बढी विद्युत् माग


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्ष तिहारमा लक्ष्मीपूजाको दिन देशभित्र विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे माग गत वर्षको तुलनामा एक सय ३३ मेगावाटले बढेको जनाएको छ ।

गत वर्षको कात्तिक ७ गते परेको लक्ष्मीपूजाका दिनको विद्युत् माग एक हजार तीन सय पाँच मेगावाट थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले यो अभिलेख औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले उच्च माग एक हजार तीन सय ५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

लक्ष्मीपूजाको दिनको माग देशभित्रैका विद्युत् गृहबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको पाँच सय १७ मेगावाट विद्युत् उच्च माग भएको समयमा भारततर्फ निर्यात गरिएको छ । गतवर्ष लक्ष्मीपूजाको उच्च माग भएको समयमा चार सय छ मेगावाट मात्र निर्यात गरिएको थियो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार नौ सय ५५ मेगावाट अभिलेख गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुम गएका थिए ।

कार्यकारी निर्देशक घिसिङले सात वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न दुई सय ५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गत वर्षभन्दा लक्ष्मीपूजाको दिन उच्च माग १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ५७ बजे

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा

युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

किभ – यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग