उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न सकिन्न : रवीन्द्र मिश्र « Khabarhub

उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न सकिन्न : रवीन्द्र मिश्र


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न नसकिने टिप्पणी गरेका छन् । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ इङ्गित गर्दै मिश्रले टिकटकका कारण नभई ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले नेपाली समाजको सद्भाव खलबलिएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘‘प्रचण्डीकरण’ भएको समाजमा ‘प्रचण्डपथगामी’ हरूका कारण यो देशको सामाजिक, धार्मिक, सांस्कृतिक, साम्प्रदायीक सबै सद्भाव खलबलिँदै जान्छ र देशको दूरगामी हितमै असर पर्छ भन्दा नपत्याउने । नेपाली समाजको पत्र–पत्र पतित भएको/खलबलिएको टिकटकले होइन । ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले हो ।’’

रोग जरामा लागेको छ भने हाँगामा उपचार खोजेर नहुने भन्दै उनले लेखेका छन्, ‘‘हेर्दै जानोस् न ‘प्रचण्डपथ’ मा देशलाई हिँडाइरहने हो भने कहाँ–कहाँ पुगिन्छ, के, के बन्द हुन्छ ! रोग जरामा लागेको छ, उपचार हाँगामा खोजेर हुँदैन ।’’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ०३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको