उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न सकिन्न : रवीन्द्र मिश्र | Khabarhub Khabarhub

उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न सकिन्न : रवीन्द्र मिश्र


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न नसकिने टिप्पणी गरेका छन् । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ इङ्गित गर्दै मिश्रले टिकटकका कारण नभई ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले नेपाली समाजको सद्भाव खलबलिएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘‘प्रचण्डीकरण’ भएको समाजमा ‘प्रचण्डपथगामी’ हरूका कारण यो देशको सामाजिक, धार्मिक, सांस्कृतिक, साम्प्रदायीक सबै सद्भाव खलबलिँदै जान्छ र देशको दूरगामी हितमै असर पर्छ भन्दा नपत्याउने । नेपाली समाजको पत्र–पत्र पतित भएको/खलबलिएको टिकटकले होइन । ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले हो ।’’

रोग जरामा लागेको छ भने हाँगामा उपचार खोजेर नहुने भन्दै उनले लेखेका छन्, ‘‘हेर्दै जानोस् न ‘प्रचण्डपथ’ मा देशलाई हिँडाइरहने हो भने कहाँ–कहाँ पुगिन्छ, के, के बन्द हुन्छ ! रोग जरामा लागेको छ, उपचार हाँगामा खोजेर हुँदैन ।’’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ०३ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार