सामाजिक एकता बलियो बनाउनुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

सामाजिक एकता बलियो बनाउनुपर्छ : अध्यक्ष नेपाल


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट समाजिक एकतालाई बलियो बनाउन सकिने बताएका छन् ।

नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिक रूपमा एक आपसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।

तत्कालीन समाजमा शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी सञ्चालन गरेको संवत्ले राष्ट्रको सांस्कृतिक पहिचान कायम गरेको बताउँदै सन्देशमा उनले यसलाई प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादन वृद्धि गर्न रोजगारका अवसर सिर्जना गरी सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्ने सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : २३ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले