भारतीय फूलमा बन्देज नहुदाँ मालीहरुको पुस्तौनी पेशा धरापमा | Khabarhub Khabarhub

भारतीय फूलमा बन्देज नहुदाँ मालीहरुको पुस्तौनी पेशा धरापमा


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम विनय भण्डारीले यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।भारतबाट आयात भएका फूल कै कारण मूल्यमा आकास पताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा कारण रह्यो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।

उनलाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धाराशयी बन्दै गएकोप्रति निक्कै चिन्ता बढाएको छ । उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उनको गुनासो छ । भारतीय फूल सिमा, नाकाबाट नभित्र्याउने सरकारले निर्णय गरे तापनि अवैधानिक बाटोबाट भित्रिँदा मधेशमा माली लगायत किसानहरूलाई व्यापारमा समस्या भएको भण्डारीको बुझाई छ ।

भण्डारी जस्तै जनकपुर-६ का जितेन्द्र भण्डारीको पनि उही चिन्ता छ । व्यवसायिक रुपमा ६ महिना अगाडि चिस्यानमा स्टोर गर्ने र निक्कै कम मुल्यमा बेच्नेहरुको कारण आफूहरू संकटमा परेको उनले बताए ।

पुर्ख्यौली पेशाको रुपमा अवलम्बन गरिएको कयौँ माली समुदाय यो पेशाबाट विस्थापन भएको र पहिचानको लागि भएपनी कमले मात्र फूल खेती गरिरहेको भण्डारीले बताए । नजिकै जानकी मन्दिर भए तापनी पहिलेजस्तो नभएको उनले जनाए ।

पुजा कर्मका लागी दैनिक हजारौँ मालाहरू बेच्ने गरेको अनुभव सुनाउँदै भण्डारीले फूलको रेटमा मनलाग्दी गरिन थालिएको उनको भनाइ छ । तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिँदा यसलाई उल्लेख गरिएको थियो ।

पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन, फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतीय पुष्प व्यवसायीहरूका लागी नेपाल आकर्षक बजार बनेको छ ।

भारतबाट आयात भएका फूल कै कारण बर्दिबासमा आएर फूल बेच्ने कयौँ व्यापारीले बिक्री नभएपछि हजारौं मालाहरू डस्टबिनमा फ्याँकेका थिए । तर, बजार आँकलन गरेर फूल बेच्न ल्याउनु पर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नु परेको कतिपयको भनाई छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १२ : १९ बजे

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल