अछाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

अछाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् ।

उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनले भने, “मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएपछि माइती पक्षले उनका श्रीमान् शेरबहादुरको नाममा किटानी जाहेरी दिएका छन् ।”

नायब उपरीक्षक पाठकका अनुसार श्रीमान्ले मदिरा सेवन गरेको पाइएको छ । उनेले भने, “अहिले हामी अनुसन्धानकै क्रममा छौँ । शव परीक्षणको प्रतिवेदन आएपछि थप अनुसन्धान गर्न सहज हुनेछ ।” हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ४ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर