आगलागीबाट चीनमा २६ को मृत्यु « Khabarhub

आगलागीबाट चीनमा २६ को मृत्यु


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ । आगलागीमा घाइते भएका अरु दर्जनौँलाई अस्पताल लगिएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सीसीटीभीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आगलागीमा परेर २६ जनाको मृत्यु भएको जनाएको छ । यसअघि सीसीटीभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो ।

यद्यपि टिभीले अस्पतालमा लगिएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन । “उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ”, सीसीटीभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।”

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ५ : ०९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन