मङ्गोलियाका लागि नेपाली राजदूत श्रेष्ठद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

मङ्गोलियाका लागि नेपाली राजदूत श्रेष्ठद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

उलान बटार- मङ्गोलियाका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले त्यहाँका विदेशमन्त्री न्यामदोर्ज अङ्खबायारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि प्रस्तुत गरेका छन् ।

राजदूत श्रेष्ठलाई स्वागत गर्दै मन्त्री अङ्खबायारले नेपालसँगको सम्बन्ध र सहयोग विस्तार गर्न आफ्नो मुलुक तत्पर रहेको बताए । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार द्विपक्षीय परामर्श संयन्त्रको बैठक नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै उनले यो वर्षको शिशिर याम समाप्त हुने वित्तिकै संयन्त्रको बैठक आयोजना गर्न आफू इच्छुक रहेको बताए ।

नेपाल र मङ्गोलियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन तथा जनता–जनताबीचको सम्पर्क विस्तार गर्न दुई देशबीच हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए । उनले दुवै देशका बौद्धमार्गीका माध्यमबाट जनतस्तरको सम्बन्धलाई अझ सबल बनाउन मद्दत पुग्ने बताए ।

त्यस अवसरमा शिष्टाचार महापाललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ५ : ३१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी