देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना | Khabarhub Khabarhub

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यस्तै, कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ ।

महाशाखाकाअनुसार बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : १८ बजे

 तस्बिरमा हेर्नुहोस् कर्णाली र चितवनको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

जसपामा अलमल : नेकपासँग एकता गर्ने कि मधेशवादी दलतिरै फर्किने ?

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ।

जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा

नवलपरासी– गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार

भारतीय माओवादीलाई अर्को धक्का, प्रहरी कारबाहीमा मारिए चर्चित कमान्डर हिडमा

नयाँदिल्ली- चर्चित भारतीय माओवादी कमान्डर हिडमा मारिएका छन् । उनीमाथि