सबैमा शौचालयको पहुँच पुग्नुपर्छ : उपसभामुख राना | Khabarhub Khabarhub

सबैमा शौचालयको पहुँच पुग्नुपर्छ : उपसभामुख राना


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपसभामुख इन्दिरा रानाले सबै नागरिकमा शौचालयको पहुँच हुनुपर्नेमा जोड दिएकी छन् । विश्व शौचालय दिवस २०२३ का अवसरमा आज लालितपुरमा आयोजित कार्यक्रममा उनले कानुनमा मात्रै सीमित नभएर शौचालयको सरसफाइबारे सबैमा जनचेतनाको विकास हुन आवश्यक रहेको बताइन् ।

सभामुख रानाले शौचालयको प्रयोग गर्न आफैँमा अनुशासन आवश्यक रहेको बताउँदै सुरक्षित शौचालयको प्रयोग गर्नका लागि सचेतना जरुरी रहेको बताइन्।  ‘स्मार्ट वास सोलुसन’का अध्यक्ष रामदीप साहले विश्वमा तीन अर्ब मानिस शौचालय प्रयोग गर्नबाट वञ्चित रहेको बताए। असुरक्षित शौचालयको प्रयोगबाट विश्वमा दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्य प्रस्तुत गरे । 

नेपालमा ५० वटा शौचालयको सर्वेक्षणमा तीन वटामात्रै प्रयोग गर्न उपयुक्त रहेको जानकारी दिए। उनले सार्वजनिक शौचालयको प्रवद्र्धन तथा सुधारका लागि तीन तहकै सरकार लाग्नुपर्ने बताए।

पूर्वमन्त्री गणेश साहले नेपालको अस्पताल र विद्यालयको शौचालय सबैभन्दा फोहर रहेको बताए। उनले एक जनालाई उपचार गर्न अस्पताल लैजाँदा शौचालयका कारण बिरामी कुरुवा पनि रोगी भएर फर्किनुपर्ने अवस्था रहेको बताए । पानीको सरसफाइ, स्वच्छताबारे सबै निकायले काम गर्न जरुरी रहेको उनको भनाइ छ ।

वाटर यड नेपालका प्रतिनिधि तृप्ती राईले सार्वजनिक शौचालय सुधारमा विस्तारै परिवर्तन आइरहेको बताइन् । उनले शौचालयको प्रयोगबारे प्रभावकारी नीति निर्माण गर्न आवश्यक रहेको बताइन्। शौचालय बनाउँदा लैङ्गिक समानतालाई ध्यान दिएर बनाउनुपर्ने बताएकी छन्। नेभेम्बर १३ देखि १९ सम्म विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘परिवर्तनका लागि तीव्रता’ रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  २ : ४३ बजे

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ