'शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरुङ पत्ता लाग्यो' | Khabarhub Khabarhub

‘शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरुङ पत्ता लाग्यो’


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

तेल अविव इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतंकवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल-कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलबारुद फेला परेको पनि उसले जनाएको छ । 

सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, ‘गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, शिफा अस्पताल परिसरभित्र एउटा हमास आतंकवादी सुरुङ भेटियो ।’ अर्को पोस्टमा उसले भनेको छ, ‘रान्तिसी अस्पतालभित्र आइडिएफ सैनिकहरूले अर्को एउटा आतंकवादी सुरु पत्ता लगाएका छन् ।’

आइडिएफका  अनुसार सालदाग एसएफ एकाइ, सातौँ ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले शिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको पर्दाफास गरेक हुन् । ‘उनीहरूले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी–ट्र्याप सवारी पनि पत्ता लगाएका छन्, उक्त सवारीमा ठूलो मात्रामा हतियार र गोलबारुद थिए ।’

आइडिएफले अल–कुद्स अस्पतालभित्र हतियार र गोलाबारुदको तस्बिर एक्समा पोस्ट गर्दै भनेको छ, ‘अल–कुद्स अस्पतालभित्र ठूलो मात्रामा हतियार र गोलाबारुद फेला पर्यो, यी सबै पछिल्लो २४ घन्टामा भेटिएको थियो ।’

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ४ : ४० बजे

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छ : राजदूत अन्सारी

काठमाडौं– नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीले नेपाल

दिलभुषणविरुद्ध साइबर–५९, अमरेशविरुद्ध आरजु !

काठमाडौं– पूर्वकांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले गत

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन