अल्लु अर्जुनले आफ्नो पारिश्रमिक १७ गुणा बढाए  « Khabarhub

अल्लु अर्जुनले आफ्नो पारिश्रमिक १७ गुणा बढाए 


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको डिमान्ड यति बेला निकै बढेको छ । तेलुगु फिल्म पुष्पाको सफलतापछि अल्लुले आफ्नो ब्रान्ड इन्डोर्समेन्टको पारिश्रमिक १७ गुणा बढाएका हुन् । पुष्पा आउनु अघि अर्जुनले एक दिनको सुट गर्न ३५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिन्थे । 

तर अहिले कुनै पनि प्रडक्टको एन्डोर्समेन्टका लागि उनले एक दिनकै ६ करोड भारतीय रुपैयाँ चार्ज गरिरहेका छन् । यो रकम कुनै पनि दक्षिण भारतीय अभिनेताले लिएको सबैभन्दा धेरै फिस हो। अल्लु जस्तै गरी एउटै फिल्मबाट चर्चित बनेका अन्य कलाकारहरूले पनि २ वर्ष अघिको भन्दा ८ गुणा धेरै फिस लिइरहेका छन् ।

पुष्पाको अभूतपूर्व सफलतापछि अल्लु कयौँ ठूला ब्रान्डका अनुहार बनेका छन् । यसमा केही स्वदेशी र विदेशी ब्रान्डहरू पनि छन् । उनले हालै मात्र कोका-कोला, एएफसी, जोमाटो र रेड बससमेत ६ ओटा नयाँ ब्रान्डसँग डिल साइन गरेका छन् ।

यस अघि अल्लु अर्जुनले पान मसला ब्रान्डलाई प्रवर्द्धन गर्ने अफर अस्वीकार गरेका थिए । कम्पनीले उनलाई १० करोड रुपैयाँको डिल अफर गरेको थियो । दर्शकसामु आफूले गलत चिजको प्रमोट गर्न नचाहेको भन्दै उनले सो अफर लिएनन् । 

अल्लु अर्जुन यतिबेला पुष्पाको सिक्वेलको सुटिङमा व्यस्त छन् । यो फिल्म सन् २०२४ को अगस्ट १५ मा रिलिज हुनेछ । अहिले उनी हैदराबादमा यही फिल्मको सुटिङमा व्यस्त छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ५० बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको