अवैध व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउँदै | Khabarhub Khabarhub

अवैध व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउँदै


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अवैध रुपमा हुने व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउने गरेको पाइएको छ । न्यूज इन्टरनेशनलको समाचारअनुसार पाकिस्तानमा एसिया महादेशकै सबैभन्दा धेरै अवैध व्यवसाय हुने गरेको छ । यसबाट पाकिस्तानको औपचारिक क्षेत्रमा नराम्रो असर परेको समाचारमा जनाइएको छ ।

पाकिस्तान बिजनेश काउन्सिल (पीबीसी) का अनुसार पाकिस्तानमा तस्करी, न्यून बिजक दर्ता, गलत आयात घोषणा, जालसाजीजस्ता गतिविधिको समग्र लागत ६८ अर्ब डलर अर्थात् कुल औपचारिक अर्थतन्त्रको २० प्रतिशत रहेको छ ।

पाकिस्तानमा कारको दायराबाहिर सञ्चालन हुने तर नियमन आवश्यक पर्ने अनौपचारिक अर्थतन्त्र त्यहाँको औपचारिक अर्थतन्त्रकै हाराहारीमा रहेको बताइन्छ । यसअनुसार पाकिस्तानमा हुने अवैध व्यवसाय त्यहाँको कूल अर्थतन्त्रको १० प्रतिशत हुन आउने पीबीसीको प्रतिवेदनमा जनाइएको छ ।

न्युज इन्टरनेशनलको समाचारअनुसार अवैध व्यवसायका कारण पाकिस्तानमा ८० खर्ब पाकिस्तानी रुपैयाँबराबरको राजश्व घाटा हुने गरेको छ, जुन आर्थिक वर्ष २०२३–२४ को कुल राजश्व लक्ष्यको ८५ प्रतिशत हो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : ३८ बजे

जेन-जी आन्दोलनले थप्यो दशैँमा चाप, आफ्नै फिल्म जुध्दा प्रकाश सपुतलाई दबाब

काठमाडौँ– लामो सार्वजनिक बिदालाई फिल्म रिलिजका लागि प्राइम डेट मानिन्छ

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, तुइन खोलामा पहिरो

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ ।

‘जेन–जी’ आन्दोलन : अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

पाँचथर– वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताएर गत

वैशाखदेखिको विपदका घटनामा २४३ जनाको मृत्यु

काठमाडौं– गत वैशाखदेखि हालसम्म देशभर तीन हजार ६८१ विपदका घटना

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल