अवैध व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउँदै « Khabarhub

अवैध व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउँदै


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अवैध रुपमा हुने व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउने गरेको पाइएको छ । न्यूज इन्टरनेशनलको समाचारअनुसार पाकिस्तानमा एसिया महादेशकै सबैभन्दा धेरै अवैध व्यवसाय हुने गरेको छ । यसबाट पाकिस्तानको औपचारिक क्षेत्रमा नराम्रो असर परेको समाचारमा जनाइएको छ ।

पाकिस्तान बिजनेश काउन्सिल (पीबीसी) का अनुसार पाकिस्तानमा तस्करी, न्यून बिजक दर्ता, गलत आयात घोषणा, जालसाजीजस्ता गतिविधिको समग्र लागत ६८ अर्ब डलर अर्थात् कुल औपचारिक अर्थतन्त्रको २० प्रतिशत रहेको छ ।

पाकिस्तानमा कारको दायराबाहिर सञ्चालन हुने तर नियमन आवश्यक पर्ने अनौपचारिक अर्थतन्त्र त्यहाँको औपचारिक अर्थतन्त्रकै हाराहारीमा रहेको बताइन्छ । यसअनुसार पाकिस्तानमा हुने अवैध व्यवसाय त्यहाँको कूल अर्थतन्त्रको १० प्रतिशत हुन आउने पीबीसीको प्रतिवेदनमा जनाइएको छ ।

न्युज इन्टरनेशनलको समाचारअनुसार अवैध व्यवसायका कारण पाकिस्तानमा ८० खर्ब पाकिस्तानी रुपैयाँबराबरको राजश्व घाटा हुने गरेको छ, जुन आर्थिक वर्ष २०२३–२४ को कुल राजश्व लक्ष्यको ८५ प्रतिशत हो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : ३८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन