स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु « Khabarhub

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो ।

ठूलो दमारबाट हटियातर्फ आउँदै गरेको ना२५प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

प्रहरीका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १० : १८ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का