अमेरिका र मेक्सिकोका राष्ट्रपतिबीच छलफल « Khabarhub

अमेरिका र मेक्सिकोका राष्ट्रपतिबीच छलफल


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को- अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच शुक्रबार छलफल भएको छ ।

सो छलफलमा दुई राष्ट्रपतिबीच संयुक्त राज्य अमेरिकामा घातक लागूऔषध फेन्टानिल तस्करी नियन्त्रण गर्न र दुई देशबीचको सीमा भएर उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

“मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,” अमेरिकी राष्ट्रपति बाइडेनले भने । बाइडेन र लोपेज ओब्राडोरबीचको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण बन्ने गरेको छ ।

केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्याजस्ता विषयलाई लिएर बाइडेनले मेक्सिकोको आलोचना गर्दै आएका छन् । लोपेज ओब्राडोर अमेरिकी नेतालाई बेवास्ता गर्न डराएको देखिँदैन ।

उनले सुरुमा यो वर्षको एपेक सम्मेलनमा सहभागी नहुने बताए तापनि अन्त्यमा भने मन परिवर्तन गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ३ : ०४ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने