स्नुप डगले गाँजा छाड्न लागेका हुन् ? « Khabarhub

स्नुप डगले गाँजा छाड्न लागेका हुन् ?


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिपहप जगतमा स्नुप डगको नाम नसुन्ने सायदै कोही होला । हिपहप कलाकारका रुपमा स्नुप डगको जुन पहिचान छ, उत्तिकै ठूलो उनको अर्को पनि पहिचान छ । त्यो हो– उनी गाँजाका पारखी हुन् । गाँजाको पारखीकै रुपमा स्नुप डगले आफ्नो सार्वजनिक छवि पनि निर्माण गरेका छन् ।

उनले गाँजालाई नै समर्पण गरेर धेरै सङ्गीतहरु रचिसकेका छन् । उनी आफूले प्रस्तुति दिइरहेको स्टेजमै पनि गाँजा पिउँछन् । त्यस्तै, उनले गाँजाको कम्पनी पनि स्थापना गरेका छन् ।

वास्तविक नाम केभिन ब्रोडस रहेका ५२ वर्षीय स्नुप डगले हालै एउटा आश्चर्यजनक घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आइन्दा धूमपान नगर्ने घोषणा गरेका हुन् ।

उनले इन्स्टाग्राम र एक्समार्फत् अब धूमपान नगर्ने बताउँदै आफ्नो गोपनियताको सम्मान गर्नसमेत आग्रह गरेका छन् । उनले लेखका छन्, ‘परिवारसँगको कुराकानी र धेरै विचार गरेपछि मैले धूवाँ त्याग्ने निर्णय गरेको छु । कृपया यसपाली मेरो गोपनियताको सम्मान गरिदिनुहोला ।’

 

View this post on Instagram

 

A post shared by snoopdogg (@snoopdogg)

उनले कस्तो धूवाँ सेवन नगर्ने घोषणा गरेका हुन् त्यो भने स्पष्ट छैन । त्यस्तै, उनले कति गम्भीरतापूर्वक यस्तो घोषणा गरेका हुन् भन्ने पनि स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कतिपयले भने आफ्नो ‘लिफ बाई स्नुप’ नामक गाँजा कम्पनीका लागी बजारीकरण गर्न उनले यस्तो फण्डा रचेकोसमेत टिप्पणी गरेका छन् ।

कसैले भने स्नुपको घोषणा अविश्वसनीय रहेको उल्लेख गरेका छन् । ‘आज अप्रिल फुल डे होइन स्नुप ।’ एक जनाले टिप्पणी गरेका छन् ।

‘धुवाँ सेवन नगर्ने स्नुप र पानी नभएको पृथ्वी उस्तै हो ।’ अर्का एक जनाले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ३ : ३९ बजे

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा