राष्ट्रपतिमाथि ओलीको आरोप : कांग्रेस बनेर जाजरकोट जानुभो ! | Khabarhub Khabarhub

राष्ट्रपतिमाथि ओलीको आरोप : कांग्रेस बनेर जाजरकोट जानुभो !


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्माले ओलीले जाजरकोट भूकम्पपीडितको उद्धार र राहत वितरणको सवालमा सरकारमाथि प्रश्न उठाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको समेत सार्वजनिक रुपमा आलोचना गरेका छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार जनसंगठन समन्वय संयन्त्रद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले पदीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए । 

राष्ट्रपति पौडेल जाजरकोटमा कांग्रेस बनेर गएको ओलीले आरोप लगाए । प्रधानमन्त्री,  राष्ट्रपति र माओवादी नेताहरूको अनावश्यक अनुगमनले सेना तथा प्रहरी सुरक्षामा खट्दा उद्धार कार्य प्रभावित भएको उनको तर्क छ । 

माओवादी नेताहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेकाले राष्ट्रपति पनि कांग्रेसको उपस्थिति जनाउन पुगेको आरोप लगाउँदै ओलीले भने, ‘उहाँ राष्ट्रपति बनेर जानुभएन, कांग्रेस छुट्यो भनेर जानुभयो ।’

ओलीले राष्ट्रपतिमाथि थप आरोप लगाउँदै भने, ‘उहाँको निष्पक्षताको त कुरै नगरौं। उहाँको सम्बन्धमा थुप्रै कुराहरू आइसकेका छन् । एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलाप देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन ।’

ओलीले २०८९ को उपनिर्वाचनमा कांग्रेसलाई भोट मागेर राष्ट्रपतिले आफ्नो पदीय मर्यादा बाहिरको गतिविधि गरेको दाबी गरे । त्यस्तै प्रधानमन्त्री दाहाल राहत र पुनर्स्थापनामा केन्द्रित नभएको भन्दै उनले पदीय जिम्मेवारी पूरा गर्न नसकेको बताए । माओवादी नेताहरू सरकारी खर्चमा हेलिकोप्टरमा  जाजरकोट गएको उपलब्धि नदेखिएको दाबी गर्दै ओलीले आक्रोश पोखे । 

साथै उनले आममाफी लगायतका घटनामा सरकारको शीर्ष तहबाटै संविधानविरोधी कार्य भइरहेको आरोपसमेत लगाए । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ३९ बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको