युरोकप फुटबल : जिब्राल्टरमाथि फ्रान्सको १४ गोल « Khabarhub

युरोकप फुटबल : जिब्राल्टरमाथि फ्रान्सको १४ गोल


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा फ्रान्सले कीर्तिमानी जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा जिब्राल्टरलाई १४ गोल अन्तरले हराउँदै फ्रान्सले कीर्तिमान बनाएको हो । यो युरो छनोटकै सर्वाधिक फराकिलो अन्तर हो ।

फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको जित हो । फ्रान्सले समूह बी बाट यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको छ ।

फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिरुडकिंग्सले कोम्यानले दुईदुई गोल गरे । यस्तै, जोनाथन क्यालस, एड्रिएन राबोट, वारेन एमेरे, मार्कस थुराम, युसुफ फोफानाओस्मान डेम्बेले एक–एक गोल थपेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्स ७ खेलबाट २१ अङ्कसहित शीर्षस्थानमा छ । पराजित भएको जिब्राल्टर भने अंकविहीन छ । 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ५५ बजे

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा