फिलिपिन्समा भूकम्पका कारण मृत्यु हुनेको सङख्या ८ पुग्यो « Khabarhub

फिलिपिन्समा भूकम्पका कारण मृत्यु हुनेको सङख्या ८ पुग्यो


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मनिला- दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि यकिन हुन बाँकी रहेको छ भने प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् । विद्यालय भवन, सरकारी भवन, पुल, सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय क्षतिग्रस्त सडकमा यातायात सुरु गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

अपतटीय भूकम्पको झड्काले अपराह्न ४ बजेर १४ मिनेट जाँदा ७२ किलोमिटरको गहिराइमा डाभाओ ओक्सीडेन्टलको सारंगानी शहरबाट ३४ किलोमिटर उत्तर पश्चिममा ठूलो कम्पन ल्याएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ३१ बजे

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा