काठमाडौँमा अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवको आयोजना हुने « Khabarhub

काठमाडौँमा अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवको आयोजना हुने


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला निर्देशकहरुलाइ प्रोत्साहन गर्ने उद्देश्यले आगामी शनिबार अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवको आयोजना हुने भएको छ । रेडियो तथा टेलिभिजनमा संलग्न महिलाहरुको अन्तर्राष्ट्रिय संगठनले काठमाडौँमा महिला चलचित्र महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सव आगामी शनिबारदेखि नेपाल चलचित्र विकास बोर्डको हल चाबहिलमा आयोजना हुने संगठनले जानकारी दिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा नेपाललगायत विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरू प्रदर्शन गरिनेछ ।

महोत्सवमा सर्ट मुभी कम्पिटिसनका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिनेछ । सन् १९५७ मा आठ फरक राष्ट्रका प्रतिनिधिहरुको उपस्थितिमा स्थापित यस संगठनमा नेपालले भने सन् २००७ मा सदस्यता लिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : १४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको