देउसीभैलोबाट सङ्कलित रकम पुस्तकालयलाई | Khabarhub Khabarhub

देउसीभैलोबाट सङ्कलित रकम पुस्तकालयलाई


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

सिमकोट – काठमाडौँमा अध्ययन गर्दै आएका हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका विद्यार्थीले यस वर्ष देउसीभैलोबाट सङ्कलित रकमबाट स्थानीय रामदेव माध्यमिक विद्यालयको पुस्तकालयलाई सहयोग गरेका छन् ।

ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाडौँमा खेलिएको देउसीभैलोबाट सङ्कलित रु ५५ हजारबाट सामान्य ज्ञान, कथा, निबन्ध, साहित्य, गजललगायतका पुस्तक खरिद गरी विद्यालयलाई सहयोग गरिने क्लबका अध्यक्ष हिक्मत भण्डारीले जानकारी दिए ।

देउसीभैलोबाट सङ्कलित रकममार्फत सामाजिक काममा पनि लगानी तथा सहयोग गर्ने प्रचलन बढ्दै गएको छ । अध्यक्ष भण्डारीले शिक्षक र विद्यार्थी दुवैका लागि उपयोग हुने गरी सहयोग गर्न लागेको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ३७ बजे

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि

राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो

काठमाडौं – ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमा महाशाखाले हाल