लालझाडी कप फुटबल सुरु « Khabarhub

लालझाडी कप फुटबल सुरु


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – दोस्रो लालझाडी कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

लालझाडी गाउँपालिकाको समन्वय तथा खेलकुद विकास समिति लालझाडीको आयोजनामा प्रारम्भ भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले उद्घाटन गरे ।

त्यस अवसरमा उनले खेलकुदका पूर्वाधार बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। गाउँपालिकाका अध्यक्ष निर्मल रानाले खेलकुदका पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेकोे बताए।

आजदेखि दुई सातासम्म सञ्चालन हुने प्रतियोगितामा २४ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितमा प्रथम हुने टोलीलाई रु दुई लाख ५५ हजार पाँच सय ५५ र द्वितीय हुनेलाई रु एक लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई रु पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई रु एक हजार एक सय प्रदान गरिने छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : २६ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।