लालझाडी कप फुटबल सुरु « Khabarhub

लालझाडी कप फुटबल सुरु


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – दोस्रो लालझाडी कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

लालझाडी गाउँपालिकाको समन्वय तथा खेलकुद विकास समिति लालझाडीको आयोजनामा प्रारम्भ भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले उद्घाटन गरे ।

त्यस अवसरमा उनले खेलकुदका पूर्वाधार बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। गाउँपालिकाका अध्यक्ष निर्मल रानाले खेलकुदका पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेकोे बताए।

आजदेखि दुई सातासम्म सञ्चालन हुने प्रतियोगितामा २४ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितमा प्रथम हुने टोलीलाई रु दुई लाख ५५ हजार पाँच सय ५५ र द्वितीय हुनेलाई रु एक लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई रु पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई रु एक हजार एक सय प्रदान गरिने छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : २६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर