‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय « Khabarhub

‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको दाबी गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाको फेसबुक पेजबाट मङ्गलबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।

लेबनानमा सक्रिय हिजबुल्लाह कट्टरपन्थी सशस्त्र समूहविरुद्ध इजरायलले हालै ठूलो आकारको आक्रमण थालेको छ । हवाई हमलामा हिज्बुल्लाहका शीर्ष कमाण्डर हसन नसरुल्लाह लगायत शीर्ष कमाण्डर मारिइसकेका छन् ।

त्यसपछि पनि इजरायलले लगातार आक्रमण गरिरहेकाले लेबनानमा रहेका नेपालीहरूको सुरक्षाबारे चासो बढेको छ । परराष्ट्र मन्त्रालयले चाहिँ लेबनानमा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको जनाएको हो । मन्त्रालयले त्यहाँ रहेका सबै नेपालीलाई अधिकतम सतर्कता र सचेतना अपनाउन पनि आग्रह गरेको छ ।

तत्काल थप सहयोग आवश्यक परे नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्य दूतावास बेरुत र परराष्ट्र मन्त्रालय काठमाडौंमा सम्पर्क गर्न मन्त्रालयले फोन नम्बर र इमेल पनि उपलब्ध गराएको छ ।

अधिकांश मुलुकले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न अनुरोध गरिरहँदा नेपालको परराष्ट्र मन्त्रालयले भने त्यहाँ सबै नेपाली सुरक्षित रहेका दाबी गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिः

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १० : १२ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ