एमाले कोशी प्रदेश समितिद्वारा ११ सदस्य मनोनित « Khabarhub

एमाले कोशी प्रदेश समितिद्वारा ११ सदस्य मनोनित


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमालेको कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् । प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश समितिमा मनोनित गरेको हो ।

मनोनित हुनेमा मोरङका भूराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी रहेका छन् । त्यसैगरी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा पनि समितिको सदस्यमा मनोनित भएका छन् ।

नेकपा एमालेको विधानअनुसार प्रदेश समितिले कुल सदस्य संख्याको १० प्रतिशत सदस्य मनोनित गर्न पाउँछ । २१५ सदस्यीय प्रदेश समितिमा २५ जना मनोनित गर्न पाउने भए पनि पहिलो चरणमा ११ जना मनोनित गरिएको हो ।

प्रदेश समिति बैठकले ३८ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।

यसअनुसार पार्टी स्कुल विभागको प्रमुखमा अध्यक्ष घनश्याम खतिवडा, निर्वाचन विभाग प्रमुखमा टीकाराम चेम्जोङ, संगठन विभाग प्रमुखमा राजकुमार भण्डारी, विज्ञान तथा प्रविधि विभागमा देवान राई, सहरी विकास विभागमा जलवर्षा राजवंशी, संसदीय विभागमा अम्बरबहादुर रायमाझी, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा लछुमन तिवारीलाई मनोनित गरिएको छ ।

वित्तीय तथा कोष व्यवस्थापन विभागमा लालप्रसाद लिम्बू, स्थानीय तह विभागमा प्रेमबहादुर राई, कृषि तथा पशुपंक्षी विभागमा चित्रकुमारी सुब्बा, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा रमेश पोखरेल, भौतिक पूर्वाधार विभागमा रामसिंह राई, शिक्षा तथा मानवस्रोत विभागमा सत्यनारायण चौधरी, अर्थ तथा योजना विभागमा सिर्जना राई, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा उमेश डालमिया, खानेपानी तथा सरसफाइ विभागमा नरेन्द्र बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागमा मोहन डाँगी र प्रदेश मामिला तथा सामान्य प्रशासन विभाग ज्ञानेन्द्र सुवेदीलाई मनोनित गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : १४ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री