माछा पार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु « Khabarhub

माछा पार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा  मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलबाट दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

मृतक दम्पतीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : ४८ बजे

ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो

रोयटर्स – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशू ख्रीष्ट जस्तो

आशाले एक रुपैयाँ पारिश्रमिकमा गाएको त्यो अजम्बर नेपाली गीत !

काठमाडौं – सन् १९८० मा तुलसी घिमिरे ‘बाँसुरी’ फिल्मबाट निर्देशनमा

गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

कञ्चनपुर– सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन्

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

चितवन– अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको

सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

सिरहा– सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ