इजरायलसँग चाँडै युद्धविराम सम्झौता हुने सम्भावना छ : हमास « Khabarhub

इजरायलसँग चाँडै युद्धविराम सम्झौता हुने सम्भावना छ : हमास


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- प्यालेस्टाइनी लडाकु समूह हमासका नेता इस्माइल हानियेहले इजरायलसँग चाँडै युद्धविराम सम्झौताको सम्भावना रहेको बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ बन्दीलाई हमासले चाँडै रिहा गर्ने आशा जगाएको छ ।

“हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ”, एएफपीलाई पठाएको एक विज्ञप्तिमा हानियेहले भने । गाजा क्षेत्रमा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टाइनी लडाकुहरूले राखेका करिब दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् ।

गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजरायली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजरायली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ । बाँकीको सटीक ठेगाना थाहा छैन ।

यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजरायलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेको गाजामा बन्धकहरू रहेको ठानिएको छ । हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार दुई सय मानिसलाई मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमासका अनुसार इजरायली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् र यिनीहरुमध्ये हजारौँ बालबालिका छन् ।

नाम नछाप्ने शर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको शर्तमा सहमत भएको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टाइनी लडाकू समूह हो जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो । अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजरायली हवाइ सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टाइनी लडाकु समूहले पक्रिएका ५० देखि एक सय मानिसलाई रिहा गरिनेछ ।

तीमध्ये इजरायली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन । प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब तीन सय प्यालेस्टाइनीलाई पनि इजरायली जेलहरूबाट रिहा गरिने छ । सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई रिहा गर्ने सम्झौता नजिक पुगेको आफूलाई लागेको बताएका थिए । उनका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ ।

कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ भने इजरायलको पनि कतारसँग पर्दापछाडि कूटनीतिक सम्बन्ध छ । त्यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार आफ्ना अध्यक्षले इजरायल र गाजामा सशस्त्र सङ्घर्षसँग सम्बन्धित मानवीय मुद्दाहरूलाई अगाडि बढाउनका लागि हमासका नेता हानियेहसँग भेट्न कतारको भ्रमण गरेको बताएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : २५ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर