केपी ओली कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा « Khabarhub

केपी ओली कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बागमती प्रदेश क्रिकेट एशोसियसनले सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा सन्दीपसँगै राष्ट्रिय टिमका प्रतिश जिसी, यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रामनरेश गिरी, इशान पाण्डे र दिपेश श्रेष्ठलाई समावेश गरिएको छ । बागमती प्रदेशको टीमस्  सन्दीप लामिछाने (कप्तान), सुभ कंसाकार, आशुतोष घिरइया, रित गौतम, गौरव खड्का (विकेटकिपर), रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सुबास खत्री, प्रतिश जिसी, रिजन ढकाल, रामनरेश गिरी र दिपेश श्रेष्ठ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा आयोजना हुने टी-२० प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र आयोजकको दुई टीम मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो र निलो गरी कूल १२ टिमको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिता बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो टिम समूह ए मा छन् ।  यस्तै एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह बी मा छन् भने नेपाल पुलिस क्लब, मधेश र सुदूरपश्चिम प्रदेश समूह सी मा तथा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह डी मा रहेका छन् ।

हरेक समूहको समूह विजेता सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनलमा समूह ए को विजेता र समूह डी को विजेता तथा समूह बी को विजेता र समूह सी को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ३८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास