केपी ओली कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा « Khabarhub

केपी ओली कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बागमती प्रदेश क्रिकेट एशोसियसनले सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा सन्दीपसँगै राष्ट्रिय टिमका प्रतिश जिसी, यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रामनरेश गिरी, इशान पाण्डे र दिपेश श्रेष्ठलाई समावेश गरिएको छ । बागमती प्रदेशको टीमस्  सन्दीप लामिछाने (कप्तान), सुभ कंसाकार, आशुतोष घिरइया, रित गौतम, गौरव खड्का (विकेटकिपर), रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सुबास खत्री, प्रतिश जिसी, रिजन ढकाल, रामनरेश गिरी र दिपेश श्रेष्ठ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा आयोजना हुने टी-२० प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र आयोजकको दुई टीम मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो र निलो गरी कूल १२ टिमको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिता बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो टिम समूह ए मा छन् ।  यस्तै एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह बी मा छन् भने नेपाल पुलिस क्लब, मधेश र सुदूरपश्चिम प्रदेश समूह सी मा तथा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह डी मा रहेका छन् ।

हरेक समूहको समूह विजेता सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनलमा समूह ए को विजेता र समूह डी को विजेता तथा समूह बी को विजेता र समूह सी को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ३८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको