अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब छैन : प्रधानमन्त्री | Khabarhub Khabarhub

अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब छैन : प्रधानमन्त्री


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब नभएको बताएका छन् ।

नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशा’ शीर्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका चारवटै क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताएका हुन् । उनले वास्तविक क्षेत्र, सार्वजनिक क्षेत्र, मौद्रिक क्षेत्र तथा बाह्य क्षेत्रमा सुधारका सङ्केत देखिन थालेका बताए ।

“मैले पनि अर्थतन्त्रको पुनरुत्थानको लागि नियमितरुपमा निर्देश गरिरहेको छु । हामीले प्रतिकूल समय पार गरिसकेका छौँ । विस्तारै अर्थतन्त्रका समष्टिगत आर्थिक परिसूचकमा सुधारका सङ्केत देखिन थालेका छन्”, प्रधानमन्त्रीले भने “अर्थतन्त्रको अहिलेको अवस्थाबारे हामी जानकार नै छौ । म स्वयं पनि उद्योगी, व्यवसायी, आयात निर्यातकर्ता, निर्माण व्यवसायी, यस क्षेत्रका विज्ञलगायत विभिन्न सरोकारवाला पेसाकर्मीसँग निरन्तर अन्तरक्रियामा छु ।”

बाह्य क्षेत्रको अहिलेको अवस्था हालसम्मकै सबैभन्दा मजबुत देखिएको बताउँदै प्रधानमन्त्रीले पर्यटन आवागमनमा ३० प्रतिशतले वृद्धि भएको, विदेशी लगानी आप्रवाह वृद्धि भएको, शोधनान्तर बचतमा सुधार भएको, वैदेशिक मुद्रा सञ्चिति उच्च विन्दुमा पुगेको, बैंक वित्तीय क्षेत्र पनि सबल रहेको जानकारी दिए । ब्याजदर घट्दो अवस्थामा रहेको, लगानीयोग्य पुँजी वृद्धि भएको, निजी क्षेत्रमा कर्जा प्रवाह विस्तार हुँदै गएको उनले बताए ।

सरकारी क्षेत्रमा पहिलेको तुलनामा पुँजीगत खर्च वृद्धि हुँदै गइरहेको छ भने चालु खर्च घटाउन सरकार निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लक्षित आर्थिक वृद्धि हासिल गर्नमा सघाउ पुग्ने अपेक्षा गरिएको बताए । अर्थतन्त्रले केही गति लिएको भए पनि हाम्रा विकासका आकाङ्क्षाको तुलनामा हामीले गरेका प्रयासका बाबजुद पनि अझै माग र आपूर्तिबीच खाडल रहेको उनले बताए ।

देशको अर्थतन्त्रका समस्या समाधानका लागि परिणाम देखिने तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। “हामीले सरकार सम्हाल्दा समष्टिगत आर्थिक परिसूचक सहज थिएनन् । अहिले प्रस्तुत तथ्याङ्कले गत वर्ष खुम्चिएको अर्थतन्त्र लयमा फर्किने क्रममा छ भन्ने देखाउँछ । यसलाई अझै योजनाबद्व तवरबाट गति दिनुपर्ने देखिन्छ”, प्रधानमन्त्रीले भने ।

देश चुनौतीरहित अवस्थामा नरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले लघुवित्त तथा बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या देखिएकाले त्यसको समयमै उचित सम्बोधन हुन जरुरी भएको बताए। निजी क्षेत्रले बजारमा वस्तु तथा सेवाको माग सिर्जना कम भयो, व्यावसायिक गतिविधि चलायमान भएन, ऋणको साँवा ब्याज तिर्ने समय लचिलो नहुँदा धेरै साथीहरु विचलित भए, बैंकको ब्याजदर पनि बढी भयो र अर्थतन्त्र शिथिल भयो भनेर पटकपटक टिप्पणी गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले भने , “यसका कारण के हुन् यसको समयमै खोजी गर्नुपर्ने अवस्था छ । कारणको खोजी मात्र होइन उचित सम्बोधन पनि गर्नुपर्छ ।”

पछिल्ला समयमा केही अराजक प्रवृत्ति विकास भइरहेकाप्रति सरकार कडारुपमा प्रस्तुत हुने सङ्केत गर्दै प्रधानमन्त्रीले ऋण लिएर तिर्नु नै पर्दैन भन्ने भाष्य सही नभएको बताए।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : १९ बजे

पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ

पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र