थाइल्याण्डमा छेपारोको प्रकोप | Khabarhub Khabarhub

थाइल्याण्डमा छेपारोको प्रकोप


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- थाइल्याण्डको ग्रामीण इलाकाहरूमा उपद्रो गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्‍याउने १ सय ५० भन्दा बढी इग्वाना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् । इग्वाना छेपारोहरु थाइल्याण्डका रैथाने होइनन् । मुख्यगरी मध्य र दक्षिण अमेरिकामा पाइने इग्वाना थाइल्याण्डमा घरपालुवा जनावरका रुपमा लोकप्रिय छन् ।

घरबाट भागेका र जानाजान जङ्गलमा छोडिएका इग्वानाका कारण थाइल्याण्डमा वातावरणीय चिन्ता उत्पन्न भएको छ । थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डीएनपी) ले मङ्गलबार बैङ्ककबाट एक सय ६० किलोमिटर उत्तरमा रहेको पटाना निकोम जिल्लाको लोपबुरीमा एक सय ३४ इग्वाना समातिएको बताएको छ ।

मुलुकको उत्तरपूर्वमा रहेको उडोन थानीमा थप छ वटा र अन्य स्थानबाट थप २३ वटा इग्वाना फेला परेका छन् । “धेरै इग्वाना लोबुरी प्रान्तको जङ्गलमा बस्दै आएका छन् र कृषकहरूको कृषि उपजलाई नष्ट गरिरहेका छन्”, डीएनपीको एक विज्ञप्तिमा भनिएको छ, “तीव्र रूपमा बढिरहेको इग्वानाको सङ्ख्याले पर्यावरण र पारिस्थितिकीय प्रणालीलाई असर गरिरहेको छ, यसबाट स्थानीय बासिन्दालाई समस्या भइरहेको छ ।”

एक दशमलव पाँच मिटरभन्दा बढी लामो हुनसक्ने चिसो रगत भएका इग्वानालाई बैङ्ककको उत्तरपूर्वी नाखोन नयोकस्थित वन्यजन्तु केन्द्रहरूमा राखिने छ । डीएनपीका अनुसार ६१ प्रान्तका करिब दुई सय ६० व्यक्तिले अधिकारीहरूलाई उनीहरूसँग तीन हजार छ सयभन्दा बढी इगुआना भएको जानकारी दिएका छन् ।

यसै साताको सुरुमा अधिकारीहरूले वातावरणीय सरोकारका कारण यस्ता जीवमाथिको आयातमा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूका अनुसार उल्लङ्घन गर्नेलाई अधिकतम १० वर्ष जेल र १० लाख भाटसम्म जरिवाना हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ०३ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक