राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको बढ्यो मतभार | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको बढ्यो मतभार


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताको मतभार बढेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार बढेको जनाएको हो ।

२०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।

आज बसेको आयोगको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले जानकारी दिए ।

यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ०१ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक

आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक