भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आग्रह « Khabarhub

भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी गरी गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितलाई युनियनले स्थापना गरेको भूकम्प पीडित सहयोग कोषमा एक रुपैँया सहयोग गर्न आग्रह गरेका हुन् ।

कार्यवाहक महासचिव तामाङले युनियनले स्थापना गरेको राष्ट्रिय वाणिज्य बैँक नयाँ बानेश्वर शाखाको १४२०१००००४५४७००१ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताए।

नेपाल ट्रेड युनियन कांग्रेसका अनुसार हाल देशभर झण्डै पाँच लाख श्रमिक युनियनमा आवद्ध छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : १५ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको