श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपतीय र संसदीय निर्वाचन हुने « Khabarhub

श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपतीय र संसदीय निर्वाचन हुने


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपतीय र संसदीय निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२४ मा चुनाव गर्नेबारे  संसदलाई निर्वाचनबारे जानकारी दिएका हुन् ।

श्रीलङ्काली क्रिकेटमा देखा परेको सङ्कटसहित अन्य विषयबारे संसदमा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घले यसबारे जानकारी दिएका हुन् ।

आफूले निर्वाचन स्थगन गर्न लागेको भन्ने आरोपलाई उनले अस्वीकार गरे । सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उनको भनाइ छ ।

सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ ।

वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ (तीन करोड पाँच लाख अमेरिकी डलर) को बजेट विनियोजन गरिएको घोषणा गरे ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : १० बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग