भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा १५ देशको सहभागिता, एउटैको मूल्य २४ हजार (तस्बिरहरु) « Khabarhub

भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा १५ देशको सहभागिता, एउटैको मूल्य २४ हजार (तस्बिरहरु)


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडियाले संयुक्त रुपमा पुस्तक प्रदर्शनीको आयोजना गरेका छन् । जारी नवौँ संस्करणको प्रदर्शनीमा १५ देशले स्टल राखेका छन् ।

‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ मूल नाराका साथ यो प्रदर्शनी पढ्ने बानीको विकास गर्न गरिएका हो ।

नेपाली भाषाका किताब चिनियाँ र चिनियाँ भाषाका किताब नेपाली अनुवादमा पाइनु यो प्रदर्शनीको प्रमुख सौन्दर्य रहेको महासंघका पूर्वअध्यक्ष मनहरि बस्याल बताउँछन् ।

बस्याल भन्छन्, ‘हामीले यो प्रदर्शनीमा केन्द्रका नेताहरु र स्थानीय तहका नेतालाई बोलाएर अन्तर्वार्ता पनि गराउँछौं । त्यस कार्यक्रममा चाहिँ उनीहरुले कार्यकर्तामा पढ्ने वातावरण कत्तिको छ र कसरी उनीहरुमा पढ्ने बानीको विकास गराउँने त्यसमा केन्द्रित हुनेछ ।’

सो कार्यक्रम अन्तर्वार्ता सेगमेन्टअन्तर्गत राखिएको बस्यालले जानकारी दिए ।

त्यस्तै, पछिल्लो समय यस प्रदर्शनीमा पाठकहरुलाई आकर्षण गरिरहेको किताब ‘समयक्रममा नेपाल’ हो । २४ हजार मूल्य भएको यो किताब प्रदर्शनीकै सबैभन्दा महँगो हो । आकर्षणको मुख्य कारण नै यसको मूल्य हो ।

पाँच दिनसम्म चल्ने यो प्रदर्शनी बुधबार दोस्रो दिनमा जारी छ । प्रदर्शनीमा १८० वटा स्टल छन् ।

हेर्नुहोस् तस्बिरहरु

 

  

 

तस्बिरहरु- संगम ढकाल

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ०५ बजे

एनपीएल हेर्ने दर्शकसँग पार्किङ शुल्क उठाएकोमा त्रिविको आपत्ति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर क्रिकेट रंगशाला वरपर अवस्थित आफ्नो जग्गामा

चितवनका रिजन ढकालको शिकार बने लुम्बिनीका दुवै ओपनर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन

प्रतिनिधिसभा फर्काउने एमालेको जिद्दी, निर्वाचनको पक्षमा उभिँदै अरू दल

काठमाडौं- जेन–जीको बलमा गत भदौ २७ गते बनेको वर्तमान अन्तरिम

सुरक्षा परिषद् बैठक : प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाइ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चौथो