भोलि उपत्यकाका निजी विद्यालय बन्द हुने | Khabarhub Khabarhub

भोलि उपत्यकाका निजी विद्यालय बन्द हुने


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यकामा विहीबार युवा संघ र दुर्गा प्रसाईको आयोजनामा हुने भिन्नाभिन्नै प्रदर्शनका कारण निजी विद्यालयहरु बन्द हुने भएका छन् । सरकारी विद्यालयबारे भने महानगरले कुनै निर्णय गरेको छैन ।

आयोजकले पठन पाठन अवरुद्ध नगर्ने आश्वासन दिए पनि उपत्यकाका सबै निजी विद्यालयले विद्यार्थीहरुलाई भोलि विद्यालय नआउन सूचना पठाएका छन् ।

मीनभवनस्थित एक निजी स्कुलका प्रिन्सिपलले खबरहबसँग भने, ‘विद्यार्थीमाथि कुनै घटना भइहाले के गर्ने ? त्यसैले हामीले आपसी सररल्लहापछि भोलि अभिभावकहरुलाई वालवालिकाहरु नपठाउनोस् भनेका छौं ।’

उता सरकारी विद्यालय खुल्ने नखुल्नेबारे प्रश्न गर्दा महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले यसबारे कुनै निर्णय नभएको बताए । उनले खबरहबसँग भने, ‘विद्यालय बन्द गर्नेबारे कुनै छलफल र निर्णय भएको छैन ।’

उता आयोजक युवा संघका नेताचाहिँ विहीबार काठमाडौंको तीनकुनेमा हुने आफ्नो प्रर्दशनले विद्यार्थीहरुलाई असर नगर्ने बताउँछन् । तर, विद्यालय सञ्चालकहरुले भने उपत्यकाका विद्यालयहरु बन्द गर्ने घोषणा गरेका छन् ।

विद्यालयको पठनपाठन सुरु भइसकेपछि कार्यक्रम हुने र विद्यार्थी बोकेका गाडीलाई स्वयंसेवकहरुले पास गराउने युवा संघको भनाइ छ । ‘विद्यार्थीलाई हामी डिस्टर्ब गर्दैनौं, विद्यालय कलेजका गाडीलाई हामी आफैं सुरक्षा दिएर पार गराउँछौं’ युवा संघका केन्द्रीय उपाध्यक्ष पुष्प श्रेष्ठले खबरहबसँग भने, ‘तीनकुनेमा प्रशासनले तोकेको ठाउँमा शान्तिपूर्वक कार्यक्रम हुन्छ, विद्यार्थी र सर्वसाधारणलाई असर पर्ने गरी यातायात अवरुद्ध गर्ने हाम्रो कुनै योजना छैन ।’

प्रदर्शनमा मानिसहरुको संख्या बढी भएर यातायातमा केही असुविधा भए पनि तीनकुनेमा प्रशासनले तोकेकै मापदण्ड अनुसार कार्यक्रम गरिने श्रेष्ठले बताए ।

एमाले निकट युवासंघ र अनेरास्ववियु लगायतका जनसंगठनले आयोजना गर्ने कार्यक्रम विहीबार ११ बजे तय भएकाले विद्यालय जाने विद्यार्थी र कार्यालयमा जाने कर्मचारीहरु सहजै पार हुन सक्ने श्रेष्ठले दाबी गरे । उनले भने, ‘ठूलो संख्यामा मानिसहरु जम्मा हुँदा सर्वसाधारणलाई अलिकति असुविधा होला तर हामी सवारी साधन रोक्दैनौं, सर्वसाधारणलाई असर गर्दैनौं ।’

बल्खुमा प्रदर्शनको तयारीमा रहेको दुर्गा प्रसाईको समूहले भने उपत्यकाका विभिन्न सात ठाउँबाट जुलुस निकालिने जनाएको छ । दुबै कार्यक्रमलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासनले आवश्यक काम नपरी बाहिर ननिस्कन भनेको छ ।

‘महिलामाथि दुर्व्यवहार गर्नेमाथि कारवाही हुन्छ’

मंगलबार साँझ होटलमा बास बसेका केही महिलाहरुलाई दुर्गा प्रसाईँका कार्यकर्ता भन्दै लखेट्ने कार्यमा युवा संघकै नेताको संलग्नता रहेको चर्चा छ नि ? भन्ने प्रश्नमा संघका उपाध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो नेता कार्यकर्ता त्यस्तो कार्यमा संलग्न रहेको पाइएमा संगठनबाट निष्कासन गरिन्छ । अहिलेसम्म त्यो घटनामा हाम्रो संगठनको कुनै संलग्नता छैन, हाम्रो त्यसो गर्ने नीति पनि छैन ।’

युवा संघका नाममा अन्य व्यक्तिहरु घुसपैठ गरेर गडबडी मच्चउने सम्भावनाप्रति आफूहरु सतर्क रहेको पनि श्रेष्ठले बताए । उनले भने, ‘दुर्गा प्रसाईकै मानिसहरु छिरेर अशान्ति मच्चाउन सक्छन्, यसमा हामी सतर्क छौं ।’

नेपाल प्रेस डटकमले महिलामाथि दुर्व्यवहार गर्ने कार्यमा युवा संघकै नेता जीवन राईको संलग्नता रहेको लेखेको छ । उनी यसअघि दुर्गा प्रसाईलाई कालोमोसो दल्ने प्रकरणमा पनि संलग्न रहेको तर सरकारले पक्राउ नगरेको नेपाल प्रेसले उल्लेख गरेको छ ।

यसबारे जिज्ञासा राख्दा संघका उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘जीवन राई संलग्न रहेको प्रमाणित भए उनीमाथि कारवाही हुन्छ ।’ यसबारे बुझ्न युवा संघका नेता जीवन राईलाई फोन गर्दा उनको मोबाइलले ‘सम्पर्क हुन नसक्ने’ सन्देश दियो ।

यो पनि…

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ८ : ५० बजे

माधव सापकोटाले भने, ‘कांग्रेसले सरकारलाई अध्यादेशको बाटो दिदैँछ’ 

काठमाडौं– नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध कायम

लगानीको सम्भावना खोज्दै फिनल्यान्डको टोली नेपालमा

काठमाडौं– नेपालमा लगानी प्रवर्द्धन तथा लगानी साझेदारीका लागि ‘डुइङ बिजनेस

नेपालमा लगानी गर्न पोल्यान्डलाई चेम्बरको आग्रह

काठमाडौं– निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर

कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध

सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन

काठमाडौं– सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्