चीनले साना देशलाई धम्क्याएर आफ्नो अधीनमा राख्न खोज्यो : फिलिपिन्स | Khabarhub Khabarhub

चीनले साना देशलाई धम्क्याएर आफ्नो अधीनमा राख्न खोज्यो : फिलिपिन्स


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सले चीनमाथि साना देशलाई धम्क्याएर आफ्नो अधीनमा राख्न खोजेको आरोप लगाएको छ । दक्षिण चीन सागरमा दुई मुलुकका नौसैनिक पानीजहाज आमने सामने भएसँगै फिलिपिन्सले चीनमाथि यस्तो आरोप लगाएको हो ।

फिलिपिन्सले दक्षिण चीन सागरमा आफ्नो नौसैनिक गतिविधिलाई निरन्तरता दिनेसमेत दृढता व्यक्त गरेको छ । चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरमा रोकिराखेको एउटा पानीजहाजलाई लिएर विवाद उत्पन्न भएको छ । सन् १९९९ यता स्प्राट्ले टापुनजिकैको सेकेण्ड थोमस शोलमा फिलिपिन्सले बीआरापी सिएर माद्रे पानीजहाजलाई रोकेर राखेको छ ।

त्यस स्थीर पानीजहाजमा तैनाथ फिलिपिनी नौसैनिकलाई आवश्यक पर्ने बन्दोबस्तीका सामान आपूर्ति गर्न चिनियाँ पानीजहाज र डुङ्गाहरुले अवरोध उत्पन्न गर्दै आएका छन् ।

सो क्षेत्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । केही समयअघि चीनले उक्त स्थीर पानीजहाजलाई त्यस ठाउँबाट हटाउन फिलिपिन्सलाई चेतावनी दिएको थियो । अहिले सो पानीजहाजको विषयलाई लिएर दुई मुलुकबीच तनाव उत्पन्न हुँदै आएको छ ।

‘चीनले आफ्नो शक्तिलाई प्रयोग गरेर साना मुलुकहरुलाई आफ्नो अधीनमा राख्ने उद्देश्य लिएको छ ।’ फिलिपिनी सेनाका प्रवक्ता कर्णेल मेदेल अग्युलरले बेलायती अखबार द गार्जियनलाई बताए । उनका अनुसार बीआरपी सिएर माद्रेलाई कतै नलैजाने र त्यहीँ राख्ने विषयमा राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर स्पष्ट छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ५६ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो