चीनले साना देशलाई धम्क्याएर आफ्नो अधीनमा राख्न खोज्यो : फिलिपिन्स « Khabarhub

चीनले साना देशलाई धम्क्याएर आफ्नो अधीनमा राख्न खोज्यो : फिलिपिन्स


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सले चीनमाथि साना देशलाई धम्क्याएर आफ्नो अधीनमा राख्न खोजेको आरोप लगाएको छ । दक्षिण चीन सागरमा दुई मुलुकका नौसैनिक पानीजहाज आमने सामने भएसँगै फिलिपिन्सले चीनमाथि यस्तो आरोप लगाएको हो ।

फिलिपिन्सले दक्षिण चीन सागरमा आफ्नो नौसैनिक गतिविधिलाई निरन्तरता दिनेसमेत दृढता व्यक्त गरेको छ । चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरमा रोकिराखेको एउटा पानीजहाजलाई लिएर विवाद उत्पन्न भएको छ । सन् १९९९ यता स्प्राट्ले टापुनजिकैको सेकेण्ड थोमस शोलमा फिलिपिन्सले बीआरापी सिएर माद्रे पानीजहाजलाई रोकेर राखेको छ ।

त्यस स्थीर पानीजहाजमा तैनाथ फिलिपिनी नौसैनिकलाई आवश्यक पर्ने बन्दोबस्तीका सामान आपूर्ति गर्न चिनियाँ पानीजहाज र डुङ्गाहरुले अवरोध उत्पन्न गर्दै आएका छन् ।

सो क्षेत्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । केही समयअघि चीनले उक्त स्थीर पानीजहाजलाई त्यस ठाउँबाट हटाउन फिलिपिन्सलाई चेतावनी दिएको थियो । अहिले सो पानीजहाजको विषयलाई लिएर दुई मुलुकबीच तनाव उत्पन्न हुँदै आएको छ ।

‘चीनले आफ्नो शक्तिलाई प्रयोग गरेर साना मुलुकहरुलाई आफ्नो अधीनमा राख्ने उद्देश्य लिएको छ ।’ फिलिपिनी सेनाका प्रवक्ता कर्णेल मेदेल अग्युलरले बेलायती अखबार द गार्जियनलाई बताए । उनका अनुसार बीआरपी सिएर माद्रेलाई कतै नलैजाने र त्यहीँ राख्ने विषयमा राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर स्पष्ट छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ५६ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित

रास्वपा बैठकमा खैलाबैला, सांसदमाथि खनिए कार्यकर्ता

काठमाडौं- बारामा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी

कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले ऐतिहासिक सफलता हासिल