के शाखरुख खान छोरीसँग फिल्म खेल्दैछन् ? « Khabarhub

के शाखरुख खान छोरीसँग फिल्म खेल्दैछन् ?


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र उनकी छोरी सुहाना एउटै चलचित्रमा देखिने भएका छन् । यी बाबुछोरीले एक्सन थ्रिलर चलचित्र ‘किङ’ मा सँगै काम गर्ने भएका हुन् ।

चलचित्रमा पनि यी दुई बाबुछोरीकै भूमिकामा देखिने भएका छन् । बाबुछोरीको कथामा आधारित यस फिल्म रेड चिलिज र मार्फलिक्स इन्टरटेन्मेन्टले संयुक्त लगानीमा निर्माण गर्ने भएका छन् । रेड चिलिज शाहरुखको प्रडक्सन कम्पनी हो भने मार्फलिक्स इन्टरटेन्मेन्ट सिद्धार्थ आनन्दको हो ।

पठान चलचित्रमा काम गर्दा शाहरुख खानसँग नजिएका सिद्धार्थले किङमार्फत् सम्बन्ध अझ विस्तार गर्न लागेका हुन् ।

भारतीय मिडियाहरुका अनुसार यस फिल्मको निर्देशन सुजोय घोशले गर्ने भएका छन् । घोेश अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छन् । हाल स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी छ । उनीहरु २०२४ को जनावरीदेखि सुटिङमा निस्कने तयारीमा रहेको भारतीय मिडियाले जनाएका छन् ।

सुहानको डेब्यू चलचित्र ‘द आर्चिज’ डिसेम्बर ७ मा नेटफिक्समा सार्वजनिक हुँदैछ । यसको अनुभवले पनि उनलाई किङमा काम गर्न सहज हुनेछ । फ्यानहरुले शाहरुखको सुहानासँग चलचित्र एक्सनभन्दा पारिवारिक बनोस् भन्ने अपेक्षा गरेका छन् ।

यसअघि शाहरुखले सन् २०१९मा ‘द लायन किङ’ मा जेठो छोरो आर्यनसँग पनि काम गरेका थिए । आर्यनले त्यस चलचित्रमा आवाज दिएका थिए । छोरासँगको सहकार्यले उनको चलचित्र प्रचारका पनि केही सहयोग भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : ०४ बजे

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा

आज कागे अष्टमी पर्व, कागेश्वरी महादेव मन्दिरमा पूजाआराधना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी