हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न आग्रह « Khabarhub

हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न आग्रह


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

बेइजिङको विदेश मन्त्रालयले कुनै विवरण उल्लेख नगरी ३१ वर्षीय सनलाई ‘गैरराज्य कर्मचारहरूबाट घुस लिएको आशंकामा’ हिरासतमा लिइएको गत मे महिनामा बताएको थियो । दक्षिण कोरियाली मिडियाले सनलाई उत्तरपूर्वी प्रान्त लियोओनिङमा राखिएको तर त्यसपछि उनको अवस्थाबारे कुनै समाचार नआएको बताएको छ । 

सन् २०२१ देखि चिनियाँ सुपर लिग क्लब सेन्डोङ ताइसानसँग आबद्ध सनले सन् २०२२ मा कतारमा भएको विश्वकप प्रतियोगितामा आफ्नो मुलुकबाट चार खेलमध्ये तीन खेलमा सहभागिता जनाएका थिए ।  ‘अब हामीसँग क्रिसमसका लागि एउटै इच्छा छ सन जुन–होलाई रिहा गराउनु किनकीसनले गलत गरेको भनेर आजसम्म उनीहरूले केही पनि प्रमाणित गरेका छैनन्’, चीनमा मङ्गलबार भएको विश्वकप छनोट प्रतियोगितामा ३-० ले विजयी भएर दक्षिण कोरियामा ओर्लिएपछि जर्मनीका पूर्वखेलाडी क्लिन्सम्यानले पत्रकारहरूसँग भने, ‘त्यसैले हामीलाई आशा छ चीन सरकारले क्रिसमसभन्दा पहिला नै आफ्नो परिवारसँग भेट्न उनलाई रिहा गर्नेछ ।’

क्लिन्सम्यानले हिरासतमा रहेको भए पनि जुनमा दुई वटा मैत्रीपूर्ण खेलका लागि सनलाई आफ्नो टिममा समावेश गरेका थिए । कोरिया फुटबल एसोसिएसनले त्यो बेला सनको रिहाइका लागि अधिकारीहरूलाई चीन पठाएको तर खेलाडीका वकिल उनीहरूसँग कुराकानी गर्न ‘अनिच्छुक’ रहेको बताएको थियो । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १ : ४५ बजे

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको