केपी ओली कप प्रतियोगिता सुरू | Khabarhub Khabarhub

केपी ओली कप प्रतियोगिता सुरू


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

पोखरा– मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । 

प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच भइरहेको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ३ : ३१ बजे

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी